‘धक-धक गर्ल’ माधुरी दीक्षितको हट अबतार

  • प्रकाशित मिति : February 1, 2021
  • नेपाल ज्योति
काठमाडौं-बलीउडीकी ‘धक-धक गर्ल’ माधुरी दीक्षित पछिल्लो समय आफ्नै तस्विरका कारण चर्चामा छिन् ।

भर्खरै गरेको फोटोसुटका कारण उनी चर्चामा रहेकी हुन् । दीक्षित समाजिक सञ्जालमा निक्कै सक्रिय छिन् । सञ्जालमा उनले आफ्नो तस्वीर र भिडियो सेयर गरिरहेकी हुन्छिन् ।

अभिनेतृ माधुरी आफनो आत्मविश्वास तथा सुन्दरताको निक्कै ख्याल राख्छिन् । उनले भर्खरै पहेलो अनारकली सूटमा फोटोसूट गरेकी छिन् ।

ईयरिंग र नेक्लेसले माधुरीको सुन्दरतालाई अझै खुलाएको छ । मेकअप र खुला कपालका कारण उनको सुन्दरतामा झनै निखार आएको छ।

आज पनि माधुरीले आफ्नो नृत्यले फ्यानहरुको मन जितिरहेकी छिन् । दीक्षित आफ्नो नृत्यका साथै उत्कृष्ट फेसनसेन्स भएकी अभिनेतृकी रुपमा पनि परिचित छिन् । उनी आफ्नो फिटनेस तथा नृत्य गर्ने शैलीका कारण युवाको लागि प्रेरणा हुन ।

प्रतिक्रिया दिनुहोस्