फेसबुक र गुगलले समाचारको पैसा तिर्नुपर्ने कानुन पारित

  • प्रकाशित मिति : February 25, 2021
  • नेपाल ज्योति

काठमाडौं – अस्ट्रेलियाले फेसबुक तथा गुगलले उसको प्लेटफर्ममा अस्ट्रेलियाको संचारमाध्यमको समाचार सेयर गरे बापत पैसा तिर्नुपर्ने कानुन पारित गरेको छ। यस्तो खालको यो संसारकै पहिलो कानुन भएको बताइएको छ।

यसअघि गुगल तथा फेसबुक दुवैले अस्ट्रेलियाको यस कानुन प्रस्ताव भएपछि विरोध जनाएका थिए।

फेसबुकले त केहीदिन अस्ट्रेलियामा समाचार सेयर गर्ने सुविधा नै हटाइदिएको थियो। तर त्यहाँको सरकारसँगको वार्तापछि त्यो सुविधा फेरि सुचारु गरिएको छ।