भोलि (शुक्रबार) देखि नेपाली कथानक चलचित्र ‘गोर्खे’ अल नेपाल रिलिज

  • प्रकाशित मिति : March 4, 2021
  • नेपाल ज्योति

काठमाडौं- नेपाली कथानक चलचित्र ‘गोर्खे’ फल्गुण २१ अर्थात भोलि शुक्रबार देखि सम्पुर्ण नेपाली सिनेमा हलहरुमा एक साथ प्रदर्शनमा आउने भएको छ। कोजु इन्टरटेन्मेन्ट्को ब्यानरमा हरि लामा,हरि थापा र तिर्थ कोजुको सहकार्यमा निर्माण भएको सामाजिक कथामा आधारित चलचित्र ‘गोर्खे’मा अर्जुन गुरुङ भंगेरि डन, एञ्जल श्रेष्ठ, रविन्द्र प्रताप सेन, शरोज तामाङ, साजन थापा, वलदिप राई, रश्मि भट्ट, गोविन्द प्रभात प्रमुख भूमीका रहेको छ भने अञ्जली अधिकारी विशेष भूमीकामा रहेकि छिन् ।

यसै बिच चलचित्र रिलिजको संघारमा भारतीय सिने क्षेत्रका चर्चित अभिनेता राजपाल यादवले चलचित्र’गोर्खे’ को सम्पुर्ण टिम लगायत नायिका एन्जल श्रेष्ठको नाम मा शुभकामना सन्देश सम्प्रेषण गरेका छ्न। चलचित्र ‘गोर्खे’लाइ नेपाल रिलिजको केही समय पश्चात् अस्ट्रेलियामा ग्लोबल मिडिया एन्ड रिसर्च सेन्टरले प्रदर्सन गरिने जानकारी दिइएको छ।
हाम्रो तर्फबाट चलचित्र’गोर्खे’को सम्पुर्ण टिमलाइ सफलताको शुभकामना।