कर्णालीमा एमालेका तीन मन्त्रीले राजीनामा दिने निर्णय

  • प्रकाशित मिति : April 4, 2021
  • नेपाल ज्योति

सुर्खेत-कर्णाली प्रदेशमा नेकपा एमाले संसदीय दलको आज बसेको बैठकले सरकारमा सहभागी मन्त्रीहरूलाई २४ घण्टाभित्र राजीनामा गराउने निर्णय गरेको छ । संसदीय दलका नेता यामलाल कँडेलको अध्यक्षतामा आज बसेको बैठकले २४ गते दिउँसो एक बजे संसदीय दलको अर्को बैठक बस्ने सहमति समेत गरेको हो ।

नेपाल पक्षका एक सांसदका अनुसार तीन जना मन्त्रीहरूलाई २४ घण्टामा राजीनामा दिन र नयाँ सरकार गठनको वातावरण बनाउन दलले निर्देशन दिएको हो ।

उक्त निर्देशन अनुसार तीनै जना मन्त्रीले भोलिसम्ममा राजीनामा दिने प्रतिबद्धता भएको र अन्यत्र भन्दा यहाँको जनताको आवश्यकता अनुसार अघि बढ्न दल एकमत भएको उनले बताएका छन ।