जुवातास खेल्दै गरेका ६ जना पक्राउ

  • प्रकाशित मिति : April 6, 2021
  • नेपाल ज्योति

नवलपुर- पूर्वी नवलपरासीको कावासोतीबाट प्रहरीले ६ जना जुवाडेलाई नियन्त्रणमा लिएको छ ।

कावासोती नगरपालिका ८ स्थित गिरीप्रसाद तड्नामीको घरमा जुवातास खेलिरहेको अवस्थामा ६ जनालाई नियन्त्रणमा लिएको हो । प्रहरीले जुवाखालबाट ३१ हजार ५ सय ९० रुपैयाँ र तीन बुक तास बरामद गरेको जनाएको छ ।

पक्राउ परेकाहरुलाई मुलुकी अपराध संहिता ऐन, २०७४ को परिच्छेद छ को दफा १२५ अनुसा कारबाही हुने जिल्ला प्रहरी कार्यालय नवलपरासीपूर्वले जनाएको छ ।