पानी परेपछि नेदरल्याण्डस र मलेसियाबीचको खेल रोकियो

  • प्रकाशित मिति : April 21, 2021
  • नेपाल ज्योति

काठमाडौं- त्रिकोणात्मक टी सिरिज अन्तर्गत कीर्तिपुरस्थित त्रिवि मैदानमा भइरहेको नेदरल्याण्ड्स र मलेसियाबीचको खेल वर्षाका कारण रोकिएको छ ।मलेसियाले टस जितेर बलिङ रोजेपछि पहिले ब्याटिङ गरेको नेदरल्याण्ड्सले १०.२ओभर खेल्दै ३ विकेट गुमाएर ६८ रन बनाउँदा पानी पर्न थालेपछि खेल रोकिएको हो।

नेदरल्याण्ड्सले आज दुई मुख्य खेलाडी म्याक्स ओ डोड र स्कट उडवार्ड्सलाई आराम दिएको छ । मलेसियाले उत्कृष्ट बलिङ गर्दै ३ विकेट लिइसकेको छ । नेदरल्याण्ड्सका बेन कुपर ३३ र कप्तान पिटर सिलार २९ रनमा अविजित छन् ।