टी–२० मा नेपालको ऐतिहासिक जीत

  • प्रकाशित मिति : April 24, 2021
  • नेपाल ज्योति

काठमाडौं-नेपालले त्रिकोणात्मक टी-२० सिरिजको ऐतिहासिक उपाधि जितेको छ। शनिबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको उपाधि भिडन्तमा नेदरल्यान्ड्सलाई १४२ रनको फराकिलो अन्तरले हराउँलै नेपालले घरेलु मैदानमा पहिलो पटक टी-२० सिरिजको उपाधि जितेको हो।

यो नेपालले रनको आधारमा हात पारेको अहिलेसम्मकै ठूलो जितसमेत हो। यसअघि नेपालले भुटानलाई १४१ रनले पराजित गरेको थियो।

नेपालले घरेलु मैदानमा पहिलो टी-२० सिरिज जित्दा ११ वर्षपछि घरेलु मैदानमा पहिलो उपाधि जितेको हो। यसअघि नेपालले सन् २०१० मा घरेलु मैदानमा आइसिसी विश्व क्रिकेट लिग डिभिजन-५ को उपाधि जितेको थियो।

त्यसपछि नेपालले डिभिजन-४ र डिभिजन-३ को उपाधि विदेशी भूमीमा जितेको थियो। नेपालले सन् २०१९ पहिलो पटक टी-२० सिरिज जितेको थियो। घरेलु टिम युएईविरुद्धको तीन खेलको सिरिज नेपालले २-१ ले जितेको थियो।

शनिबार नेपालले दिएको २३९ रनको विशाल लक्ष्य पछ्याएको नेदल्यान्ड्स १७.२ ओभर ९६ रनमा अलआउट भयो।