कोभिड १९ को उपचारका लागि डोर टु डोर टिम निर्माणको तयारी गर्दै

  • प्रकाशित मिति : May 7, 2021
  • नेपाल ज्योति

वैशाख २४- सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले कोभिड–१९ संक्रमितको उपचारका लागि सरकारले डोर टु डोर टिम निर्माणको तयारी गरिरहेको बताएका छन् ।
विश्वव्यपाीरुपमा फैलिएको दोस्रो लहरको कोरोना महामारीले देशमा अप्ठ्यारो परिस्थती सिर्जना गरिरहेको अवस्थामा परिवारका सबै सदस्यहरु पनि कन्ट्रयाक्ट् ट्रेसिङमा परिरहेका बेला बेसहारा बनेका संक्रमितहरुको उपचारका लागि यसखाले टिमको निर्माण हुन लागेको हो ।