पूर्वप्रमुख आयुक्त दीप बस्न्यात धरौटीमा रिहा

  • प्रकाशित मिति : May 7, 2021
  • नेपाल ज्योति

वैसाख २४ – सर्वोच्च अदालतका न्यायाधीशद्वय ईश्वर खतिवडा र आनन्दमोहन भट्टराईको संयुक्त इजलासले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त दीप बस्न्यातलाई धरौटीमा छाड्न आदेश दिएको छ।
बालुवाटारस्थीत ललिता निवास क्याम्पको जग्गा अतिक्रमणको मुद्दामा जेलमा रहँदै आएका बस्न्यातलाई पाँच लाख धरौटी लिएर रिहा गर्न सर्वोच्चले आदेश दिएको हो।